राजनीति

बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा

बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरु काठमाडौँ आउँदै हुनुहुन्छ ।

बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा

यसअघि सचिवस्तरीय बैठक काठमाडौँमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ । सो बैठकमा बिम्स्टेक राष्ट्रका कृषिसँग सम्बन्धित सचिवहरु सहभागी हुनुहुन्थ्यो ।

सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय गरेको जनाइएको छ । बिम्स्टेक सदस्य रहेका सात राष्ट्रमध्ये तीन राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी हुने र बाँकी राष्ट्रका मन्त्रीहरुले भर्चुअलरुपमा सहभागिता जनाउनुहुने मन्त्रालयले जनाएको छ ।

बुधबार हुने मन्त्रीस्तरीय बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नुहुनेछ । बैठकमा सहभागी हुन भारत र भुटानका कृषिमन्त्रीहरु मंगलबार बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम छ । बैठकमा सदस्य राष्ट्रहरुमा कृषिको अवस्था, चुनौती र सहकार्यमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.