क्रिकेटखेल

आइपिएलमा कोलकातामाथि लखनउको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले रोमाञ्चक जित निकालेको छ । मंगलबार भएको पहिलो खेलमा लखनउले कोलकाता नाइट राइडर्समाथि चार रनको रोमाञ्चक जित निकालेको हो ।

कोलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । उसका लागि निकोलस पुरनले ३६ बलमा ७ चौका र ८ छक्काको सहयोगमा अविजित रहँदै ८७ रनको अर्धशतकीय पारी खेले भने मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै एडियन मार्करमले ४७ रन बनाए । कोलकाताका लागि हर्षीत रानाले दुई विकेट लिए भने आन्द्रे रसेलको भागमा एक विकेट रह्यो ।

लखनउले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रनमात्र बनायो । कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले ३५ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै वेङ्कटेस अय्यरले ४५ रन जोड्दा रिंकु सिंहले अविजित ३८, सुनिल नारिनले ३०, क्विनटन डी ककले १५ र हर्षीत रानाले अविजित रहँदै १० रन बनाए । लखनउका लागि आकाशदीप सिंह र शार्दुल ठाकुरले समान दुई-दुई विकेट लिए भने आवेश खान, दग्विेश राठी र रवि विश्नोईको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै लखनउ पाँच खेलमा छ अंक जोड्दै चौंथो स्थानमा छ भने समान खेलबाट चार अंक जोडेको कोलकाता छैटौं स्थानमा रहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.