‘म विजयकुमार के.बी.सी.बाट, तपाईलाई २५ लाखको लटरी पर्यो’
सामाजिक सञ्जालबाट सोझा नेपालीहरुलाई ठगी गर्ने गिरोह देशभित्र र बाहिर उत्तिकै सक्रिय रहेका छन् । राष्ट्र बैंक तथा प्रहरीले यसप्रति सचत रहन बारम्बार सूचना जारी गरे पनि ठगीने क्रम भने रोकिएको छैन ।
यस्तैमा एउटा मेसेज ह्पाट्स एपमा आएको छ । जहाँ लिखित रुपमा कौन बनेगा करोडपति कम्पनीले छनोट गरेका नेपालका २५ ह्वाट्स एप नम्बरहरुमध्ये यो नम्बर पनि परेको र उक्त रकम प्राप्त गर्न नेपालमा रहेका कम्पनी मेनेजर आकाश बर्मासंग सम्पर्क गर्न उनको ह्वाट्स एपमा कल गर्न भनिएको छ ।
त्यसै गरी आफूलाई विजय कुमार केबीसीबाट भन्दै ९ मिनेटभन्दा लामो भ्वाइस मेसेज पनि संगै आएको छ । जहाँ रकम प्राप्त गर्न आफ्नो बैंक डिटेल दिनुपर्ने, केही रकम कर चुक्ताका लागि दिनुपर्ने लगायतका प्रलोभन दिइएको छ ।
यस्ता प्रलोभनकारी सूचनाका आधारमा आफ्नो बैंक विवरण र रकम समेत पठाइदिंदा कराडौं रुपैयाँ ठगीमा परेका घटनाहरु यत्रतत्र भेटिएका छन् । यस्ता मेसेजहरुमा कुनै सत्यता नभएको र यो केवल ठगीका लागि मात्र भएकाले सबै सचेत हुनु आवश्यक छ ।
प्रतिक्रिया राख्नुहोस्