अर्थ
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका दिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ । शुक्रबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको हो ।

बिहीबार प्रतितोला रु एक लाख ८१ हजार एक सयमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ९०० ले बढेर रू एक लाख ८५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा एक हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा एक हजार ९०५ रुपैयाँ पुगेको हो । निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्