राजनीति

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिनुभयो ।

गोविन्द आचार्य

विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष हुनुहुन्थ्यो । उहाँ तत्कालीन जनादेश साप्ताहिकको सम्पादक, जनदिशा राष्ट्रिय दैनिकको प्रधानसम्पादक हुनुहुन्थ्यो । क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आउनुभएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य हुनुहुन्छ ।

माण्डवी गाउँपलिका प्यूठानमा जन्मनुभएका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजक हुनुहुन्थ्यो । उहाँले कानुनमा स्नातक गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.