राजनीति

शिक्षामन्त्री सुमना श्रेष्ठको कामबाट चकित गगन, साथ दिने प्रतिबद्धता

शिक्षा मन्त्री सुमना श्रेष्ठले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेपछि यसको चौतर्फी चर्चा भएको छ ।

यसबीचमा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले मन्त्री श्रेष्ठले आयोगको प्रतिवेदन सार्वजनिक गर्नुभएकोमा धन्यवाद दिंदै प्रतिवेदन कार्यान्वयनमा साथ दिने बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गर्दै थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिका बीचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक रहेको बताउनुभएको छ ।

उहाँले प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्ने पनि सुझा दिनुभएको छ ।

त्यसै गरी महामन्त्री थापाले आयोगको प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको जनाउँदै त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास लिंदै त्यस कार्यमा आफ्नो साथ रहने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.