क्रिकेटखेल

नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ ।

चारदेशीय टी–२० आई सिरिज

हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।

आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान अङ्क एक-एक पाएका हुन् ।

नेपालले तीन खेलमा पाँच अंक जोड्दै शीर्ष स्थानमा रह्यो भनेखेलबाट तीन अंक जोडेको हङकङ तेस्रो स्थानमा रहँदा कुवेत तीन खेलबाट चार अंकका साथ उपविजेताका रूपमा फाइनलमा प्रसेश गरेको हो । आइतबार नेपालले उपाधिका लागि कुवेतको सामना गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.