नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र पोखरा थन्डर्सबीचकोे खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले एक-एक गोल गर्दै अङ्क बाँडेका हुन् ।

खेलको ५२औँ मिनेटमा पोखरा थन्डर्सका स्टिफन समीर बिनोङले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६५औँ मिनेटमा झापाका लाजार आर्सिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै समूहले गोल गर्न सकेनन् ।
शनिबारको खेलसँगै झापाको यो लगातार चौथो पटकको बराबरी खेल होे । शनिबारको खेलपछि पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएकोे छभने झापा चार खेलबाट चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ । शनिबारको दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिडनेछन् ।
प्रतिक्रिया राख्नुहोस्