संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धर्म, संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व रहेको बताउनुभएको छ ।

श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले शनिबार ललितपुरको गाबहालमा आयोजना गरेको श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले पुर्खाले दिएका असल अभ्यास, संस्कार र सभ्यता पुस्तकको माध्यमबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पुस्तक प्रकाशनमा प्रत्यक्ष र परोक्ष रूपमा योगदान पुर्याउनेहरूलाई धन्यवाद भन्न चाहान्छु । धर्म, संस्कृति जोगाउन यहाँहरूको निरन्तर प्रयास रहने विश्वास छ”, उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री सिंहले आउँदै गरेको नयाँ वर्ष २०८२ ले सबै नेपालीजनमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले राम्रो प्रभाव पार्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका प्रकाशन समितिका प्रधानसम्पादक प्रमोद शर्माले धार्मिक स्तोस्त्र र नृसिंहजात्राका विषयमा जानकारी दिने उद्देश्यले दस्ताबेज तयार गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्