धनलुब्धहरुलाई चुनौति दिंदै नारायणकाजीद्वारा घोषणा- एक वर्षको पारिश्रमिक राहत
हालै मात्र राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा पूर्व उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले धनलुब्ध नेता तथा सांसदहरुको बीचमा अनुकरणीय उदारता देखाउँदै आफ्नो एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा गर्नुभएको छ ।
नयाँ वर्षको पहिलो दिन सोमबार ट्वीट गर्दै श्रेष्ठले सो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभएको छ- “हामी अहिले कोभिड १९ र उत्पन्न संकटको सामना गरिरहेका छौं । यसबेला एकतावद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु ।”
सांसद नभएको यस अघिको नौ वर्षको अवधिमा पनि खाएकै थिएँ, बाँचेकै थिएँ भन्दै भन्नुभएको छ- “यसअघि वर्षौं सांसद नहुँदा जसरी नै घर भाडा, गाडी र तेल खर्च पूर्व पार्टीले दिँदै आएको थियो । खानासहितको सामान्य खर्च दाजुभाइ र साथीहरुले ।”
“घुस र भ्रष्टाचारको शत्रु हुँ । दैनिक जीवन चलाउन त परको कुरा, निर्वाचनमा समेत ठूला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागू गर्दै आएको छु” उहाँले भन्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्