जन सरोकार

विभिन्न स्थानबाट लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ बाफलबाट नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेँसीसहर नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दिप बोहरा रहेका छन् ।

यसै गरी ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थितबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु ९० हजारसहित मोरङ बेलवारी नगरपालिका–८ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीया प्रमिला तामाङ र विराटनगर महानगरपालिका–११ घर भई काठमाडौँ पुरानो बानेश्वर बस्ने २१ वर्षीय सोनाम साह पक्राउ परेका प्रहरीले जनाएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बाट धनुषा महेन्द्रनगर घर भई बारा जीतपुरसिमरा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय जुनेत अन्सारीसहित तीन जना पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिजला टोलबाट सोही ठाउँका २४ वर्षीय अभिषेककुमार चौधरी र रामधुनी नगरपालिका–३ बस्ने २२ वर्षीय मनिष तामाङ, भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेका इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–७ लाक्चाम टोलबाट म्याङलुङ–८ कोबेकका १८ वर्षीय किशोर पक्राउ परेका प्रहरी चौकी जिरीखिम्तिले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटी, धनगढी उपमहानगरपालिका–२ बाट कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका–३ कुचैनीबाट सोही स्थानका १५ वर्षीय किशोर, धनगढी–२ बाट गोदावरी–२ बस्ने २१ वर्षीय अमिश सार्की, जानकी गाउँपालिका–३ बाट सोही स्थानका २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू पक्राउ परेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.