जल/वातावरण
सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण गरिने, संक्रमितको संख्या १६ पुग्यो
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले सो अपार्टमेन्टमा बस्ने सबैको परीक्षण सुरु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
अर्पाटमेन्टमा बस्नेहरुमा कोरोना संक्रमित देखिएपछि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले मंगलबार फेसबुकमार्फत दिएको छ ।
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आइ बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोभिड १९ पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ । अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्