जन सरोकार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलोसहित चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारा बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३७ वर्षीय अर्जुन स्याङतानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको फुड ओ क्लक क्याफेको पार्किङमा रोकी राखेको बा.१ ज ७२२६ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्याक्सी चालक स्याङतानलाई पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका-१७ सरस्वती चोक बस्ने २६ वर्षीय सुरेश गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय प्यारेलाल रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-१ चौमाला बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय समिर खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता मोरङ, बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय प्रेम चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.