क्रिकेटखेल

दिल्लीको अपराजित यात्रामा पूर्णविराम, मुम्बई १२ रनले विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्ससंग १२ रनले पराजित भएसंगै दिल्लीको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

दिल्लीको अरुण जेट्ली रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले ३३ बलमा ६ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले भने रायन रिकेल्टनले ४१ रन बनाए ।

त्यस्तै सूर्यकुमार यादवले ४० रन जोड्दा रोहित शर्माले १८ र नमन धिर ३८ रनमा अविजित रहे । दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले समान दुई-दुई विकेट लिए भने मुकेश कुमारको भागमा एक विकेट रह्यो । मुम्बईले प्रस्तुत गरेको २०६ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्ली १९ ओभरमा एक सय ९३ रनमा समेटियो ।

दिल्लीको लागि करुन नाइरले सर्वाधिक ८९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अभिषेक पोरेलले ३३ रन बनाए । मुम्बईका लागि करन शर्माले तीन विकेट लिए भने मिचेल सान्टनरले दुई विकेट लिँदा दीपक चहर र जसप्रित बुमराहको भागमा समान एक-एक विकेट रह्यो । ।

जितसँगै मुम्बई छ खेलमा चार अंक जोडेको अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ भने पाँच खेलमा आठ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.