जन सरोकार

काठमाडौँ र बाँकेबाट नगद तथा गरगहना चोरी

काठमाडौँ र बाँकेबाट नगद तथा गरगहना चोरी भएको छ । काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु डेरा गरी बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका ५० वर्षीय राम बहादुर श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद १ लाख रूपैयाँ समेत गरी करिब ३ लाख ५ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-४ स्थित डेरा गरी बस्ने सप्तरी रूपनी गाउँपालिका-६ घर भएका ४४ वर्षीय अशोक कुमार यादवको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.