संस्कृति

सुनसरीमा एकमहिने सिरुवा मेला सुरु

सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एकमहिने ‘सुरुवा’ मेला सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो ।

सिरुवा मेला

इनरुवा–६ मधेसबाट सुरु भएको यो मेला जिल्लाका विभिन्न स्थानमा लागेर मोरङमा समापन हुने गरेको इनरुवाका पूर्वप्रमुख एवं अग्रज ८५ वर्षीय गोपाल कोइरालाले बताउनुभयो । विसं २००७ को क्रान्ति र झोडा फँडानीपछि यहाँ लाग्दै आएको एकमहिने मेला लाग्दै मोरङमा गएर समापन हुने उहाँले जानकारी दिनुभयो ।

यो मेला सदरमुकाम इनरुवाको, मधेस, इनरुवा–७ चान्दबेला, इनरुवा–८ गणेशपुर, इनरुवा–१ भगवती मन्दिरसहित रामधुनी नगरपालिकाको पाञ्चायन थान, कोसी–२ पश्चिम कुशाहास्थित सलहेस थानलगायत ठाउँ हुँदै मोरङमा गएर समापन हुन्छ ।

“एक महिनासम्म प्रत्येक ठाउँमा बिहान ८ बजेदेखि लाग्ने यो मेला साँझ अन्त्य गरिन्छ । अर्को दिन पुनः अर्को ठाउँमा लाग्ने गर्दछ”, इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले भन्नुभयो । मेला भर्नका लागि जिल्लामा पाहुनाका रूपमा अन्य जिल्लाबाट आफन्त यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.