राजनीति
नयाँ वानेश्वरको सडकमा शिक्षकहरुको धर्ना
गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरुले आज मंगलबार नयाँ वानेश्वरमा धर्ना दिएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरू माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरुलाई निषेधित क्षेत्र भन्दै प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएर बसेका हुन् ।
शिक्षक महासंघको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले संसद्को अध्यादेशबाट, वर्खे अधिवेशन तत्काल बोलाएर वा विशेष अधिवेशन आह्वान गरेर शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।
त्यस्तै महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परिक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय गर्दै शैक्षिक हड्तालको घोषणा गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्