राजनीति
तीन महिनाका लागि त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्ग केसीलाई
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको सो पदमा बढीमा तीन महिनाका लागि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोक्नुभएको हो ।
राजनीतिक दवावले काम गर्न नसकेको भन्दै राजीनामा दिनुभए प्रा.डा. केशरजंग बरालले दिनुभएको राजीनामा सरकारले गत चैत २८ गते स्वीकृत गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्