प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मंगलबार पार्टीको पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित प्राकृतिक चिकित्सालयमा आयोजित छलफलमा उहाँले सो कुप्रतिबद्धता जनाउनुभएको हो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको पनि बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले यसअघि चिकित्सालयलाई सङ्घीय सरकारबाट रु १३ करोड बजेट विनियोजन भएको स्मरण गराउनुभयो ।
उहाँले प्रदेश सरकारले पनि प्राकृतिक उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिंदै स्थानीय तहमा चिकित्सालयले प्रमुख स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
छलफलअघि अध्यक्ष प्रचण्ड लगायत माओवादी अभियान टोलीले उक्त चिकित्सालयको अवलोकन र नववर्षको शुभकामना आदानप्रदान गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्