राजनीति

कडा आन्दोलन गर्ने सहकारी पीडितको चेतावनी

सहकारी, लघुवित्त तथा वित्तीय संस्था पीडितहरुको शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार ‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा सो चेतावनी दिइएको हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष मनिराम ज्ञवालीले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रूपमा नलिन चेतावनी दिंदै आफ्नो अधिकारका लागि लड्ने जनताले हारेको इतिहास नभएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटक पटक भएका सम्झौताहरूलाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायिक कार्य भएको बताउनुभयो ।

केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिंदै वैशाख ४ गते सम्पूर्ण पीडितहरू सडकमा उत्रने र ठूलो प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.