राजनीति

आलोपालोको कक्षा सञ्चालन गर्न निर्देशन, बन्द संचालनको जिम्मा स्थानीय तहलाई

कोरोना संक्रमण बढ्दै गएको र बालबालिकाा बढी संक्रमित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७को अनुशरणसमेत गर्न निर्देशन दिएको छ ।

मन्त्रालयमा शुक्रबार बसेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अहिलेको विषम परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सर्न आग्रह गर्नुभयो । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएम)ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकारसमेत रहेको उहाँले भनाइ राख्नुभयो ।

शिक्षा सचिव रामप्रसाद थपलियाले तत्काल बिद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताउनुभयो । उहाँले स्वाथ्य मापदण्डलाई कडाइकासाथ पालना गर्न आग्रह गर्नुभएको छ ।

विज्ञान सचिव डा सञ्जय शर्माले अहिलेको अवस्थामा आलोपालो प्रणालीमा विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो । उहाले पछिल्लो अवस्थामा कोभिड–१९ले बालबालिका र १८ वर्ष मुनिका युवालाई सङ्क्रमण देखिएको भन्दै सबै क्षेत्रमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

यस्तै मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण वढ्दो अवस्थामा रहेको र त्यसवाट विशेषत ः विद्यालय जाने उमेर समूहका विद्यार्थीमा सङ्क्रमण फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ ।

विद्यालय बन्द र सञ्चालनको  स्थानीय तहलाई

मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड–१९ को अवस्थामान विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिइएको जानकारी दिनुभयो । उहाँले भीडभाड नहुने गरी विद्यार्थीको सङ्ख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको सङ्क्रमणको पछिल्लो अवस्थासमेतलाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न भनिएको बताउनुभयो ।

यस्तै सबै विद्यालयलाई जनस्वास्थ्यसम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पनि पालन गर्न, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा सङ्क्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन मन्त्रालयका प्रवक्ता शर्माले आग्रह गर्नुभएको छ ।

यस्तै विद्यालय वन्द वा तोकिएबमोजिम सञ्चालन गर्नुहुन र वन्द गरिएका विद्यालय पुनःसञ्चालन गर्दा विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रक्रियाको पालना गर्नुहुनका साथै विद्यालय वन्द वा आंशिकरूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था वमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिन समेत विज्ञप्तिमा भनिएको छ ।

बैठकमा शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्याल, मन्त्रालयका सहसचिव डा हरी लम्साल, सहसचिव इमनारायण श्रेष्ठ, डा तुल्सी थपलियासमेतले विद्यालय बन्द र सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.