सेती नदी किनार वरपर तारबार गर्न सांसद भट्टराईको माग
नेकपा एमाले कास्की क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसद बोल्दै उहाँले शनिबार सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको घटनाबारे संसद्मा जानकारी गराउँदै सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो ।
भट्टराईले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने बताउँदै सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउने विषयमा पटकपटक संसदमा आवाज उठे पनि सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।
सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव
प्रतिक्रिया राख्नुहोस्