तेस्रोपटक जीब्रो छेडेपछि सुजन वाग श्रेष्ठ (फोटो फिचर)
विस्काः जात्राका अवसरमा मङ्गलबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेका स्थानीय २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेड्नु भयो ।

हरेक वर्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रामा उहाँले मंगलबार तेस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु भएको हो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए ।
प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको दीलकृष्ण प्रजापति बताउनुहुन्छ ।
परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौं पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा विगत तीन वर्षदेखि जिब्रो छेडेर जात्राले निरन्तरता दिनुभएको छ ।
तस्बिरः रमेश गिरी/रासस
प्रतिक्रिया राख्नुहोस्