जल/वातावरण
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
सर्वाेच्च अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् ।

स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका थिए ।
यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्