प्राधिकरणका सब स्टेशनहरुमा किन भैरहेछ आगलागी ?
गत आइतबार दिउँसो काठमाडौं उपत्यकामा विद्युत आपूर्ति गर्ने मातातीर्थ सब स्टेशनमा आगलागी भयो । केही समय उपत्यकामा बत्ती निभ्यो, त्यसलाई अन्य स्रोतबाट पूर्ति गरियो । बेलाबेलामा बत्ती निभ्ने क्रम रोकिएको छैन ।

मातातीर्थ स्टेशन मर्मन नसकिंदै धनुषाको ढल्केबरमा रहेको सब स्टेशनस्थित ग्रिडमा बुधवार बिहान आगलागी भयो । आगलागीपछि धनुषासहित तीन जिल्लाको विद्युत् आपूर्ति प्रभावित भएको छ।
ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी भएको नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवले बताउनुभयो ।
उक्त आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख यादवका अनुसार ले १३२ केभी लाइन सबै स्थानमा सञ्चालनमा आइसकेको छ तर ३३ केभी लाइन अझै अवरोध छ। आगलागीका कारण पार्टपुर्जा जलेर क्षति पुगेको छ। नयाँ ट्रान्सफर्मर जडानको कार्य अघि बढिसकेको र जडान सकिने बित्तिकै लाइन पुनः सञ्चालनमा आउनेछ।
उहाँले दुई ट्रान्सफर्मर सञ्चालनमा आएपछि कुल विद्युत् आपूर्तिको झन्डै ७० प्रतिशत सेवा पुनः सुचारु हुने जानकारी दिनुभयो । ग्रिडको सिटीमा आगलागी भएका कारण विभिन्न उपकरणहरू जलेर नष्ट भएका छन्।
केही दिनअघि मात्र सोही सब स्टेशननमा आगलागी भएको स्मरण गराउँदै उहाँले गर्मीको मौसममा अत्यधिक लोडका कारण यस्ता समस्या देखा पर्नथालेको बताउनुभयो ।
मातातीर्थ सवस्टेसनमा आगलागी
प्रतिक्रिया राख्नुहोस्