अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको रू एक लाख ८७ हजार

नेपाली बजारमा सुनको मूल्य मूल्य निरन्तर उकालो लाग्ने क्रम जारी रहँदै आज बुधबार हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज बुधबार छापावाल सुन तोलाको एक लाख ८७ हजार रुपैयाँ कायम भएको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन बुधबार तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको हो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु १० बढेको हो ।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.