काठमाडौँमा जारी आइसिसी यु १९ विश्वकप एसिया छनोटमा हङकङले नेपाल सामू जितको लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा भएको खेलम टस हारेर ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा १ सय १५ रनमा समेटिएको हो । हङकङका लागि कप्तान शिव माथुरले १ सय१६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले भने आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने विपिनप्रसाद शर्माले तीन विकेट लिंदा सन्तोष यादवले दुई र अशोक धामीको भागमा एक विकेट रह्यो ।
प्रतिक्रिया राख्नुहोस्