जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ र सुर्खेतबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, उर्लावारी नगरपालिका-८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.