काठमाडौँमा जारी आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा हङकङमाथि ९ विकेटको सानदार जित निकाल्दै नेपालले प्रतियोगितामा लगातार तेसो जित हासिल गरेको हो ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा भएको खेलम टस हारेर ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा १ सय १५ रनमा समेटिएको थियो । हङकङका लागि कप्तान शिव माथुरले १ सय१६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले भने आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने विपिनप्रसाद शर्माले तीन विकेट लिंदा सन्तोष यादवले दुई र अशोक धामीको भागमा एक विकेट रह्यो । हङकङले प्रसुत गरेको १ सय १६ रन्को लक्ष्य लिएर मैदान उत्रेको नेपालले १२ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि सहिल पटेल ४१ बलमा आठ चौकको मद्दतमा ४२ रनमा अविजित रहे भने कप्तान नरेन भट्ट २३ बलमा आठ चौकाको सहयोगमा ३९ रनमा नट आउट रहे । यस्तै निरज कुमार यादवले २३ रन जोडे ।
हङकङको लागि शयन पुरीले एक विकेट लिए । जितसँगै नेपाल तीन खेलमा छ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रनले र दोस्रो खेलमा ओमानलाई आठ विकेटले पराजित गरेको थियो ।
यता लगतार दोस्रो हार व्यहोरेको हङकङ अंकविहिन छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्