जन सरोकार
चार हजार जनाको ईसेवा खाताबाट एक करोडभन्दा बढी रकम चोरी गर्ने पक्राउ
फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।





प्रतिक्रिया राख्नुहोस्