क्रिकेटखेल

आईपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित, कोलकत्ता ५ विकेटले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले पराजित गरेको हो ।

आईपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित, कोलकत्ता ५ विकेटले पराजित

मुम्बईको घरेलु मैदान वांनखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । कोलकत्ताका लागि वेंकटेस अय्यरले १०४ रनको शतकीय पारी खेले भने आन्द्रे रसेल २१ रनमा अविजित रहँदा रिंकु सिंहले १८ रन बनाए ।

मुम्बईका लागि हृतिक शोनिकले २ विकेट लिए भने दुअन यानसन, क्यामरुन ग्रिन, रिलि मिरिडेथ र पियुष चावलाको भागमा समान १-१ विकेट रह्यो । १८६ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १७ दशमलब ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

मुम्बईका लागि ईशान किशनले ५८ रनको अर्धशतकीय पारी खेले भने सुर्यकुमार यादवले ४३ रन बनाए । त्यस्तै टिम डेभिड २४ रनमा अविजित रहँदा तिलक बर्माले ३० र कप्तान रोहित शर्माले २० रन जोडे । कोलकत्ताका लागि सुयश शर्माले २ विकेट लिए भने शार्दुल ठाकुर, लकि फर्गुसन र वरुण चक्रवर्तीको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै मुम्बई ४ खेलमा ४ अंक जोड्दै सातौं स्थानमा छ भने ५ खेलमा ४ अंक जोडेको कोलकत्ता रनरेटमा अघि रहँदै पाँचौ स्थानमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.