राजनीति
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो ।
![/fi6«ktLsf pd]bjf/ /fdrGb| kf}8]n . tl:a/ M k|bLk/fh jGt,/f;;](https://www.nepaljapan.com/wp-content/uploads/2023/02/Ramchandra-e1677303529391.jpg)
उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्