जापान

टोकियोमा नेपालीसहित १४ भाषामा कोरोना परामर्श सेवा

कोरोना भाइरसबारे जानकारी दिन जापानको राजधानी टोकियोमा नेपालीसहित १४ भाषामा परामर्श सेवा केन्द्र स्थापना गरिएको छ । यो सेवा आपतकालीन स्थितिमा विदेशी नागरिकहरुमा बढिरहेको असुविधाको सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको अधिकारीहरुले बताएका छन् ।

शुक्रबारदेखि आरम्भ भएको परामर्श सेवा विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ र यसका लागि ५० जना कर्मचारी कार्यरत छन् । परामर्श केन्द्रमा स्वास्थ्यस्थिति, कारोबार, बालबालिकाको शिक्षा तथा आप्रवासनको स्थितिका बारेमा सोधपुछ गर्न सकिनेछ ।

परामर्श केन्द्रमा हटलाइन नम्बरबाट आवश्यक सोधपुछपछि आवश्यक परेको खण्डमा स्वास्थ्य सेवा केन्द्र तथा अन्य निकायमा पम्पर्क गराइने छ । यसका लागि जापानभारिबाट टोल फ्रि नं. 0120-296-004 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.