कर्पोरेट/पर्यटनजापान

वैशाख महिनाभर जेएमईको नयाँ वर्ष बम्पर उपहार योजना

जापानबाट नेपाल लगायत बिश्वका विभिन्न देशहरुमा विप्रेषण सेवा दिदै आइरहेको जापान मनी एक्प्रेस (जेएमई)ले नयाँ वर्ष २०८० को अवसरमा वैशाख महिनाभर कायम हुने गरी बम्पर उपहार योजना सार्वजनिक गरेको छ ।

जेएमईले आफ्नो कम्पनीसँग सेवा लिइरहेका ग्राहकवर्ग र उल्लेखित अवधिभर दर्ता भै कारोवार गर्ने नयाँ ग्रहाकवर्ग समेतलाई लक्षित गर्दै बम्पर योजनाहरु सार्वजनिक गरेको हो ।

बम्पर उपहार योजना अन्तर्गत पहिलो पुरस्कार एकलाख येन एकजनालाई, दोस्रो पुरस्कार स्मार्ट घडी दुईजनालाई र तेस्रो पुरस्कारका रुपमा १० जनालाई एयरप्याड रहेको छ ।

त्यसैगरी बम्पर योजना योजना अन्तर्गत जेएमई रेमिट एपको प्रयोगकर्ताले आफ्नो सदस्यता नम्बरमार्फत कुनै एकजना नयाँ सदस्यलाई सदस्य बनाएमा एक हजार येन प्राप्त गर्नेछन् ।

त्यसैगरी यो योजना अन्तर्गत जेएमई रेमिट्यान्सको एप मार्फत पैसा पठाउँदा पहिलोपटक र प्रत्येक छैठौंपटकमा कुनै पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.