जल/वातावरण

१९६४ मा एक बस चालककी छोरीले यसरी पत्ता लगाएकी थिइन मानव कोरोना भाइरस

कोरोना भाइरसको नयाँ रुप (कोभिड १९)का कारण अहिले विश्व त्रस्त छ । यो भाइरसका अनेक रुपमध्ये नयाँ रुपमा अहिले प्रकट भएको हो र यसलाई सन् १०६४ मा स्कण्टल्याण्डकी एक महिलाले पत्ता लगाएकी थिइन् ।

बिबिसि नेपाली सेवाको रिपोर्ट अनुसार उनीहरूले स्वय‍म्‌सेवकहरूमा रूघाखोकीको लक्षण सार्न सकिएको थाहा पाए तर त्यसलाई प्रयोगशालामा उमार्न वा सङख्या बढाउन सकेनन्।

तर ती भाइरसको मानव अङ्गमा गरिएको परीक्षणमा वृद्धि भएको देखियो। त्यसपछि डाक्टर टिरेलले इलेक्ट्रोन माइक्रोस्कोपबाट त्यो देख्न सकिन्छ कि सकिँदैन भन्ने जान्न चाहे।

उनीहरूले उक्त नमुना जुन अल्मेडालाई पठाए। उनले परीक्षणका लागि पठाइएको वस्तुमा भाइरस देखिन्। जसलाई उनले ती इन्फ्लुएन्जा भाइरस जस्तै भएको तर पूर्ण रूपमा उस्तै नभएको निष्कर्ष निकालिन्।

उनले गरेको पहिचान नै पछि गएर पहिलो मानव कोरोनाभाइरस भनेर चिनियो।

अनुसन्धान अस्वीकृत
विन्टर भन्छन्, डाक्टर अल्मेडाले यस्ता सुक्ष्म जीव विगतमा मुसामा हेपाटाइटिस र चल्लाहरूमा सङ्क्रामक ब्रोङ्काइटिशको अध्ययन गर्दा देखेकी थिइन्।

विन्टरका अनुसार समकक्षी सहकर्मीहरूले समीक्षा गरी लेख प्रकाशन गर्ने एउटा जर्नलमा उनले पठाएको अनुसन्धानात्मक लेख, ूसमिक्षकहरूले उनले प्रस्तुत गरेका तस्वीरहरू इन्फ्लुएन्जाका भाइरसकै खराब वा नराम्रा तस्वीर भनेकालेू अस्वीकृत भएको थियो।

बी(८१४ नामक नयाँ भाइरस पत्ता लागेको कुरा सन् १९६५ मा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित भयो। र त्यसको दुई वर्षपछि उनले शुरूमा देखेको तस्वीर जर्नल अफ भाइरोलोजीमा प्रकाशित भयो।

विन्टरका अनुसार डाक्टर टेरिल र डाक्टर अल्मेडा अनि सेन्ट टमसका इन्चार्ज प्राध्यापक टोनी वाटरसनले उक्त भाइरसलाई कोरोनाभाइरसको नामाकरण थिए। भाइरसको चित्रमा देखिएको मुकुट वा घेराका कारण यस्तो नाम दिइएको थियो।

डाक्टर अल्मेडाले पछि लण्डनस्थित पोष्टग्रयाजुएट मेडिकल स्कूलमा अध्ययन गरि डक्टरेटको उपाधि पाइन्।

आफ्नो पेशागत जीवनको अन्त्य उनले वेलकम इन्स्टिच्युटमा गरिन् जहाँ भाइरसको तस्वीरसँग जोडिएका कैयौँ सर्वाधिकार उनकै नाममा राखिएको थियो।

त्यसपछि उनी योग शिक्षिका बनिन् तर फेरी सल्लाहकारका रूपमा सन् १०९८०को अन्त्यतिर भाइरसकै अनुसन्धानमा फर्किन्। त्यसै क्रममा उनले एचआइभी भाइरसको नयाँ तस्वीर लिन मद्दत गरेकी थिइन्।

सन् २००७ मा ७७ वर्षको उमेरमा जुन अल्मेडाको निधन भयो।

मृत्यु भएको १३ वर्षपछि विश्वभरी महामारीका रूपमा फैलिएको एउटा भाइरसलाई बुझ्न मद्दत गर्ने आफ्नो कामका लागि उनले अन्ततस् सम्मान पाइरहेकी छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.