विश्व समाचार
राहुल गान्धीको पुनरावेदन खारेज
मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उहाँको दलका नेताहरूले बताएका छन् ।
नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाउनुभएको थियो ।
सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए ।
यद्यपि उहाँको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्