जापान

टोकियोमा तीन दिनमा एकपटक मात्र किनमेलमा निस्कन आग्रह

कोरोना भाइरस संक्रमण दिनदिनै बढिरहेको राजधानी टोकियोमा अब नागरिकका दैनिक आवश्यक खाद्यान्न खरीदका लागि तीन दिनमा एक दिन मात्र घर बाहिर निस्कन आग्रह गरिएको छ । टोकियोका गभर्नर युरिको कोइकेले बिहिबार सो आग्रह  गर्नुभएको हो ।

संक्रमण नियन्त्रणका लागि सरकारले देशभर संकटकाल लागू गरी नागरिकलाई घरघरमै बस्न अनुरोध गरेपछि व्यस्त शहरी क्षेत्रमा भिडभाड कम भए पनि सपिंग सेन्टर र सुपरमार्केटहरुमा अत्यधिक भिड हुने गरेकाले त्यस्तो  अपिल  गरिएको हो ।

बिहिबार साझ पत्रकार सम्मेलनमा कोइकेले सुपरमार्केट र उद्योगहरुमा भीडभाड कम गर्ने नयाँ योजना बनाउनु आवश्यकतामा जोड दिंदै ग्राहकहरुलाई सूची गर्ने, सामान राख्ने बास्केटको संख्या घटाउने वृद्धवृद्धा तथा शारीरक असक्तहरुका लागि बेग्लै समय निर्धारण गर्ने लगायतका रहेका छन् ।

अहिलेसम्म राजधानी टोकियोमा ३ हजार ५ सय ७० जना संक्रमित पुष्टि भैसकेको छ भने बिहिबार मात्रै १ सय ३४ जना नयाँ संक्रमित थपिएका थिए । त्यसै गरी अहिलेसम्म ८७ जनाको मृत्यु भैसकेको छ ।

यस्तै गभर्नर कोईकेले यस वर्षको गोल्डेन विकलाई स्टे एट होम घरमै वस्न विशेष अनुरोध गर्दै आगामी शनिबार देखि अप्रिल ६ तारिकसम्म बाहिर ननिस्कन अनुरोध गरेकी छन।
(यस अघि समाचारको शिर्षकमा असावधानीवस त्रुटि भएकाले सम्पादन गरिएको छ।यसबाट पर्न गएको असरप्रति क्षमायाचना गर्दछौ।-सम्पादक)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.