जल/वातावरण

वाग्मती सफाईसंगै वाग्मती किनारमा वृक्षरोपण

हरेक शनिबार स्वयंसेवी रुपमा अभियन्ताहरुले चलाइरहेको वाग्मती सफाई अभियान यस हप्ता पनि सम्पन्न भएको छ । वाग्मती सफाई अभियानको ४ सय ६७ औं हप्तामा सफाईसंगै नदी किनारमा वृक्षरोपण पनि गरिएको छ ।

अभियानकारीहरुले शुक्रबार परेको पृथ्वी दिवसका सन्दर्भमा आज शनिबार वाग्मती किनारमा वृक्षारोपण गरी सफाईसंगै दिवस मनाइएको हो ।

वाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुर चन्दका अनुसार वाग्मती सफाई अभियानको निरन्तरको प्रयासपछी केही परिवर्तनका संकेत देखिए पनिसोचे झै परिणाम अझै नआएको र आफूहरु निरन्तर लागिरहने बताउनुभयो ।

चन्दका अनुसार आज हरेक हप्ता सयौं स्वयमसेवीहरु निरन्तर सक्रिय भैरहँदा पनि नदीमा लुकीछिपी फोहोर फाल्नेहरु अझै जीवित रहेको तीतो यथार्थ कायम छ ।

उहाँले वाग्मती नदीले समेटेका काठमाडौं महानगरदेखि उपत्यकाका अन्य पालिकाका जनप्रतिनिधिबाट वाग्मतीको स्वच्छतामा पूर्ण सहयोग हुने आश गरए पनि त्यो प्राप्त नभएको र उनीहरु ५ वर्ष बिताए गए पनि आफूहरुको अभियान भने जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.