राजनीति

नेपालगञ्ज उपमहानगरमा माओवादी एक्लै लड्ने

बाँकेको नेपालगञ्ज उपमहानगपालिकामा सत्तारुढ गठबन्धनको सहमति अनुसार सहमति नभएपछि दलहरु एक्लाएक्लै चुनावमा भिड्ने भएका छन् ।

सत्तारुढ गठबन्धनबीच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।

नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका माओवादी नेताहरुले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका छन् ।

माओवादीका बाँके जिल्ला अध्यक्ष रतन शाहीले पत्रकार सम्मेलन गरी २०७४ सालको स्थानीय तहको निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा माओवादी केन्द्र दोस्रो स्थानमा रहे पनि नेपालगञ्जमा उपमेयरसमेत नपाएकाले एक्लै चुनाव लड्ने निर्णयमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.