चितवन-२ मा रवि र रामप्रसादले भोट हाल्न नपाउने
चितवन क्षेत्र नम्बर २ मा मतदान जारी रहेको छ । चितवन -२ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ चुनावी मैदानमा रहेका छन् ।
तर रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मत हाल्ने पाउने छैनन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मत हाल्न नपाउने भएका हुन् ।
यता कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए ।
प्रतिक्रिया राख्नुहोस्