राजनीति

सभापति देउवाद्वारा पूर्वसांसद आचार्यको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद विष्णुराज आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै ७४ वर्षीय आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

“कांग्रेस कपिलवस्तुका नेता एवम् पूर्वसांसद विष्णुराज आचार्यको निधनको खबरले मलाई स्तब्ध र दुःखिद बनाएको छ, स्व आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतात्माको चिरशान्तिको कामना एवं शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु”, सभापति देउवाले भन्नुभएको छ ।

विसं २०४८ र २०५१ को निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित आचार्यको ७४ वर्षको उमेरमा आज बिहान आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको हो ।

स्व आचार्यले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनले कांग्रेसले एक अनुभवी अग्रज नेतृत्व गुमाएको कांग्रेसले जनाएको छ । स्व आचार्यको श्रीमती र तीन छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.