१० दिन थपियो लकडाउन २५ वैशाखसम्म जारी – Nepal Japan
राजनीति

१० दिन थपियो लकडाउन २५ वैशाखसम्म जारी

सरकारले पाँचौंपटक लकडाउन अवधि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । पहिलोचोटि चैत १८ सम्म लकडाउन घोषणा गरिएको थियो । दोस्रो चरणमा चैत २५ सम्म लकडाउन घोषणा गरिएको थियो भने तेस्रो चरणमा वैशाख ३ सम्म लकडाउन लम्ब्याइएको थियो ।

चौथो चरणमा वैशाख ३ देखि वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पाँचौं चरणमा लकडाउन थप गर्दै वैशाख २५ सम्म लम्ब्याएको हो । वैशाख २५ सम्म हुने लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने मन्त्रिपरिषदको विस्तृत निर्णय बाहिर आइसकेको छैन ।

पछिल्लो समयमा लकडाउनकै बेलामा सरकारले काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट दिँदै आएको छ । आइतबारदेखि राजधानीकै सडकहरुमा स्थानीय सवारी साधन बाक्लै चल्न थालेको अवस्था छ । तर, काठमाडौंबाट बाहिर जाने र उपत्यकामा चल्ने सवारी साधनहरु खुकुलो भइरहँदा कोरोनाका संक्रमितहरुको संख्या बढ्ने क्रम रोकिएको छैन ।

सरकारले लकडाउनको अवधि कम र खुकुलो पारे पनि कोरोनाको जोखिम झनै बढ्दो अवस्थामा छ । उदयपुरको भुल्केमा समुदाय स्तरमा संक्रमण देखिनुका साथै संक्रमित पनि बढेर ५२ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.