क्रिकेटखेल

कतारबिरुद्ध नेपालको कमजोर ब्याटिङ, एकसय ५७ रनमा अलआउट

काठमाडौंमा जारी एसीसी प्रिमयकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई १५८ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

कतारबिरुद्ध नेपालको ब्याटिङ अत्यन्त कमजोर रह्यो । कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रेको नेपाल ४०.३ ओभरमा १५७ रनमा अलआउट भयो ।

नेपाललाई १५० रनभन्दा माथी पुर्याउने क्रममा सन्दीप लामिछाने नाक सावित भए । उनले धैर्यपूर्ण ब्याटिङ गरी ५८ बलमा ४२ रनमा नटआउट रहे । एकदिवसीयमा यो उनको हालसम्मकै उच्च स्कोर हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए भने आसिफ शेखले १९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १२, सोमपाल कमी र आरिफ शेख ११र११ रनमा आउट हुँदा अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्नै सकेनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.