राजनीति

राहत बाँड्दा 'लकडाउन उल्लंघन' गरेको भन्दै पक्राउ परेको शाही रिहा

ज्ञानेन्द्र शाही

कोरोना भाइरस संक्रमणका कारण लकडाउनले दैनिक गुजारा चलाउन मुस्किलमा परेकाहरुलाई राहत बाँड्दै गर्दा लक डाउन उल्लंघन गरेका आरोपमा पक्राउ परेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई सर्वोच्च अदालतका आदेशपछि रिहा गरिएको छ ।

सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको हो । यसअघि जिल्ला अदालत ललितपुरबाट शाहीलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीले थुनामा राख्न अनुमति लिएको थियो ।

शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा मंगलबार सुनुवाई गर्दै न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीलाई थुनामै राखेर नै मुद्दा अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

शाहीलाई लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते ललितपुर प्रहरीले पक्राउ गरेको थियो । वैशाख १२ गते शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.