क्रिकेटखेल

आईपीएलमा राजस्थान रोयल्सको पाँचौं जित, चेन्नाई ३२ रनले पराजित 

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले पाँचौं जित निकालेको छ । बिहीबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सलाई ३२ रनले पराजित गर्दै राजस्थानले प्रतियोगितामा पाँचौं जित निकालेको हो ।

आईपीएलमा राजस्थान रोयल्सको पाँचौं जित

जारी प्रतियोगितामा चेन्नाईको भने यो तेस्रो हार हो । राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ७७ रनको अर्धशतकीय पारी खेले भने धुव्र जुरेलले १५ बलमा ३ चौका र २ छक्कको सहयोगमा ३४ रन बनाउँदा जस बटलरले २७ रन बनाए । त्यस्तै देवदत्त पडिकल २३ रनमा अविजित रहँदा कप्तान सन्जु सामसनले १७ रन जोडे ।

चेन्नाईका लागि तुसारदेश पान्डेले २ विकेट लिए भने रविन्द्र जडेजा र महेश थिक्सनाको भागमा समान १-१ विकेट रह्यो । राजस्थानले दिएको २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै  १७० रन मात्र बनायो ।

चेन्नाईका लागि शिभम दुवेले ५२ रनको अर्धशतकीय पारी खेले भने ऋतुराज गायकवाडले ४७ रन बनाए । यस्तै  मोइन अली २३ रन बनाई आउट भए भने रविन्द्र जडेजा २३ रनमा अविजित रहे । राजस्थानका लागि एडम जाम्पाले ३ विकेट लिये भने रविचन्द्रन अश्विनले २ विकेट लिँदा जेसन होल्डर र कुलदिप यादवको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै राजस्थान आठ खेलमा पाँच जित र तीन हारका साथ १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा पाँच जित र तीन हारका साथ चेन्नाई तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.