कर्पोरेट/पर्यटन

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एअरपोट) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्।

लुक्लामा हवाई उडान प्रभावित

बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन् । धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने कतिपय पैदल हिँडेर काठमाडौँ गएका फर्किएका छन् ।

पथप्रदर्शक आङ्दनु शेर्पाले पदयात्रा सकेर काठमाडौँ फर्किने पर्यटकहरू समस्यामा परेका बताउनुुभयो । प्याराडाइज लजका सञ्चालक दावाफुटि शेर्पाले पनि समयमा उडान नहुँदा सगरमाथा आधार शिविरबाट फर्किएका विदेशी पर्यटकहरू दुई दिनदेखि लुक्लामै रोकिएका बताउनुभयो ।

विमानस्थलका प्रमुख उमेश पन्थीका अनुसार दैनिक ५४ सम्म उडान भर्ने सो विमानस्थलबाट शुक्रबार जहाजतर्फ कुनै उडान नभएको र आज भने आठ उडान भएका बताउनुभयो । हेलिकप्टर उडान भने नियमित भइरहेको पन्थीले जानकारी दिनुभयो ।

लुक्ला विमानस्थलमा जहाज उडानका लागि पाँच किलोमिटर भिजिबिलिटी चाहिने गरेको छ । पर्यटकहरू यही विमानस्थल भएर सगरमाथा जाने गरेका छन् भने यहाँबाट दैनिक हेलिकप्टरसहित तीन सय बढी उडान हुने गरेका लुक्लास्थित विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.