राजनीति

कांग्रेसलाई कमजोर बनाउने क्रियाकलापमा कोही नलागौँ : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई कमजोर बनाउने क्रियाकलापमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

प्रवक्ता डा महत

शनिबार नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गुटउपगुटले पार्टीलाई कमजोर बनाएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्दै गुटउपगुट बनाउँदा कसैलाई फाइदा नहुने भन्दै डा महतले विगतमा यस्तै क्रियाकलपा नुवाकोटसहित देशभर पार्टी कमजोर अवस्थामा पुगेको धारणा राख्नुभयो ।

उहाँले कांग्रेस सरकारमा रहँदा गरेका राम्रा कामबारे प्रचारप्रसार गर्नुसमेत अपिल गर्नुभयो । “नागरिकको राजनीतिक तथा सामाजिक स्वतन्त्रता, शासकीय व्यवस्था र शान्ति स्थापनामा कांग्रेसले पु¥याएको योगदानबाट नै देश विकास र समृद्धितर्फ अगाडि बढेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेस एक्लैले ५० प्रतिशत मत ल्याउने गरी पार्टीलाई बलियो बनाउन लागौँ”, उहाँले भन्नुभयो ।

पार्टी कमजोर भएकै कारण गत आमनिर्वाचनमा गठबन्धन गर्न बाध्य बनाएकाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने कि गठबन्धन गर्ने भन्ने विषय आम नेता कार्यकर्ताको भूमिकामा भरपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.