जन सरोकार

विदेशबाट आउनेले पिसिआर रिपोर्टसंगै १० दिन होटेल बुक गरेको प्रमाण पेश गर्नुपर्ने

नेपाल आउन चाहने स्वदेशी तथा विदेशी नागरिकले हवाई यात्रा गर्नु ७२ घण्टा अघि स्वाब संकलन गरिएको पिसिआर रिपोर्टसंगै १० दिन होटेल बुक गरेको प्रमाण पेश गर्नुपर्ने भएको छ । त्यस्तै स्थलमार्गबाट भारत र चीन बाहेक अन्य देशका नागरिकलाई प्रवेश नदिइने भएको छ । अध्यागमन विभागले बिहिबार एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो

अध्यागमन विभाग

विभागले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि विदेशबाट स्वदेश आवागमन नियमनका लागि सरकारको निर्णय अनुसार ती प्रावधान अनिवार्य गर्दै यात्रा सहजीकरणका लागि प्रावधान सार्वजनिक गरेको हो ।

नेपाल आगमन तथा प्रस्थान सहजीकरणसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकले स्थलमार्गबाट नेपाल प्रवेश गर्न नसक्ने जनाएको छ ।

स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न सक्नेछन् ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञा अतिरिक्त यात्रा स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्नसक्ने सूचनामा भनिएको छ ।

यस्तै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा शुरु गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्न सक्ने छन् भने हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा शुरु गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट पेश गरेमा नेपाल प्रवेश गर्न सक्ने छन् र प्रवेश गरेपछि १० दिन अनिवार्य रुपमा होटल वा होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति दिइने छैन । यसअघि स्वदेश प्रवेश गरिसकेका विदेशी नागरिकले हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान अनुमति दिइने विभागले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.