राजनीति

नेपाललाई अमेरिका र अमेरिकालाई नेपाल आवश्यक छ

नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक स्थापना भएको ७५ वर्ष पूरा भएको छ । यस अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले दुई मुलुकलाई एकअर्काको आवश्यक्ता पर्ने बताउनुभएको छ ।

राजदूत बेरीले एक वक्तव्य जारी गर्दै जलवायु संकटलाई सम्बोधन गर्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई मुलुकलाई एकअर्काको आवश्यक्ता पर्ने धारणा सार्वजनिक गर्नुभएको हो ।

वक्तव्यमा भनिएको छ, ‘जनता-जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहुपुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो ।”

“आजको दिनमा जलवायु संकटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.