क्रिकेटखेल

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनलमा पुगेका छन् ।

वर्षाका कारण दुबै सेमिफाइनल खेल बिथोलिएपछि नेपाल समूह विजेताका रुपमा सोझै फाइनलमा प्रवेश गरेको छ भने युएई डिएलएस विधिद्वारा विजयी भएको हो ।

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ गरेको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुन: रोकिएको थियो । कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो ।

त्यस्तै मुलपानीस्थित क्रिकेट मैदानमा ओमान र युएईबीचको खेलको दोस्रो इनिङ चलिरहँदा पानी परेपछि डिएलएस बिधिद्वारा युएईलाई २ रनले विजयी घोषित गरिएको छ ।

पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा सबै विकेट गुमाएर २३६ रन बनाएको थियो । २३७ रनको विजयी लक्ष्य पछ्याएको ओमान ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउँदा खेल रोकिएपछि डिएलएस विधिका आधारमा युएईलाई विजेता घोषित गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.